ट्रम्पले गरे इरानको प्रस्ताव अस्वीकार : फेरि मडारियो युद्धको बादल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न इरानले दिएको पछिल्लो प्रस्तावलाई सिधै अस्वीकार गरेका छन्। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘मैले भर्खरै इरानका तथाकथित ‘प्रतिनिधिहरू’बाट आएको प्रतिक्रिया पढेँ। मलाई यो मन परेन, यो पूर्णतया अस्वीकार्य छ।’
इरानको १४ बुँदे प्रस्तावमा नौसैनिक नाकाबन्दी अन्त्य हुनुपर्ने, अमेरिका र अन्तर्राष्ट्रिय संस्थाहरूले लगाएका प्रतिबन्ध हटाइनुपर्ने, साथै आफ्नो आणविक कार्यक्रम र वैदेशिक नीतिमाथि आफ्नै नियन्त्रण कायम रहनुपर्ने रहेका अलजजिराले जनाएको छ । जबकी यी सबै विषयहरूनै वाशिङ्टनले यो युद्ध सुरु गर्नुको कारणका रूपमा उल्लेख गरेको थियो।
ट्रम्पले यो सम्झौता किन अस्वीकार गरे भन्ने स्पष्ट रूपमा बताएका छैनन्। तर इरानले उठाएका हरेक विषय अमेरिकाले कुनै पनि हालतमा सम्झौता गर्न नचाहेको बिन्दुसँग जोडिएको देखिन्छ।
विशेषगरी, इरानले विश्वको आणविक शक्ति बन्ने महत्वाकांक्षा राखेको, साथै इजरायल विरुद्ध आक्रामक सैन्य कारबाही गर्न सक्ने क्षमता विकास गरिरहेको विषयलाई अमेरिका सहन नसक्ने बताउँदै आएको छ।
अमेरिकाले इरानले हमास र हिज्बुल्लाह जस्ता समूहहरूलाई गर्दै आएको समर्थन पनि अन्त्य गर्न चाहन्छ र क्षेत्रीय प्रभावलाई उल्लेखनीय रूपमा सीमित गर्न खोजिरहेको छ।
ट्रम्पको अस्वीकृतिले यी लक्ष्यहरू हासिल गर्छ कि गर्दैन, वा युद्ध अन्त्यका वार्ताहरूलाई नयाँ दिशातर्फ लैजान्छ कि लैजाँदैन भन्ने हेर्न बाँकी छ। तर यसले युद्धबिरामपछी शान्त रहेको पश्चिम एसियामा पुन युद्धको बादल मडारिएको छ ।
इरानको धारणा बुझ्नका लागि, उनीहरूले अघि सारेको १४ बुँदे प्रस्तावलाई आधार मान्न सकिन्छ, जसमा चरणबद्ध वार्ताको प्रस्ताव गरिएको छ। इरानले प्रस्तावमा पहिलो चरणमा युद्ध पूर्ण रूपमा अन्त्य गर्ने विषयमा सहमति गर्ने, र फेरि युद्ध नदोहोरिने ग्यारेन्टी सुनिश्चित गर्ने उल्लेख गरेको छ ।
त्यसपछि मात्रै उनीहरू होर्मुज जलडमरू सम्बन्धी समुद्री मुद्दामा कुरा गर्न सकिने बताउँछन्। साथै, त्यो रणनीतिक जलमार्गलाई नियन्त्रण गर्ने नयाँ संयन्त्रबारे पनि इरानले कुरा गरिरहेको अलजजिराले जनाएको छ ।
त्यसपछिको तेस्रो चरणमात्रै आणविक मुद्दा र इरानसँग रहेको उच्च स्तरमा संवर्धित युरेनियमको भण्डारबारे छलफल गर्ने इरानी प्रस्ताव छ । हालका लागि, इरानको आणविक कार्यक्रम, क्षेप्यास्त्र कार्यक्रम र अन्य विषयहरू वार्ताको टेबलमा छैनन्।
इरानी सरकारी सञ्चारमाध्यमले अमेरिकी योजना ‘ लोभ दोखाएर इरानलाई आत्मसमर्पण गराउने उद्देश्य’ रहेको र त्यो इरानले अस्विकार गरेको जनाएको छ ।
इरानको सरकारी प्रसारक आइआरआइबीले युद्ध अन्त्य गर्न अमेरिकाले दिएको प्रस्ताव इरानको जवाफलाई ट्रम्पले अस्वीकार गरेपछि प्रतिक्रिया दिएको छ ।
टेलिग्राम च्यानलमा जारी वक्तव्यमा इरानको पछिल्लो प्रस्तावले “अमेरिकाबाट युद्ध क्षतिपूर्तिको आवश्यकता र होर्मुज जलडमरूमाथि इरानको सार्वभौम अधिकार” लाई पनि जोड दिएको उल्लेख छ। साथै, “प्रतिबन्ध अन्त्य गर्न र देशका जफत गरिएका कोष तथा सम्पत्तिहरू फुकुवा गर्नुपर्ने आवश्यकता” माथि पनि जोड दिएको छ।
















थाइल्याण्डः पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त
ट्रम्पले इरानको प्रस्ताव अस्वीकार गरेपछी तेलको मूल्यमा भारी वृद्धि
मन्त्रिपरिषद्को बैठक बस्दै
अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार चीन भ्रमण गर्ने
कांग्रेसले सुर्खेतमा आज कर्णाली प्रदेशस्तरीय भेला गर्दै
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
टर्किस एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा चक्कामा आगो
ट्रम्पले गरे इरानको प्रस्ताव अस्वीकार : फेरि मडारियो युद्धको बादल
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
दार्चुलामा गयाे भूकम्प
प्रतिक्रिया