डा. झाको ‘नसोध मलाई’ गीत सार्वजानिक (भिडिओ)

काठमाडौं । कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मी सम्मानमा गजेन्द्र नारायणसिंह अस्पतालका प्रमुख डा.रञ्जीत कुमार झा को ‘नसोध मलाई’ बोलको गीत सार्वजनिक भएको छ ।
लामो समयदेखि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सिनियर कन्सल्ट्यान्ट फिजिसियन तथा प्रमुखको रूपमा कार्यरत डा. झाले यतिबेला कोरोना भाइरसका संक्रमितहरूको उपचारमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सम्मानमा गीत सार्वजनिक गरेका छन् । गीतमा संक्रमितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोदशा चित्रणसँगै स्वास्थ्यकर्मीहरुले आफ्ना सम्पूर्ण पीडाहरु बिर्सिएर बिरामीको उपचारमा सक्रिय छन् भन्ने सन्देश दिइएको छ । भिडिओमा निर्देशक निशान कश्यपको अवधारणा तथा निर्देशन रहेको छ ।
उक्त गीतमा डा. झाको स्वर रहेको छ, भने गिरिराज निरौलाले शब्दहरु दिएका छन । यस्तै संगित डा.झा र निरौला दुबैले दिएका छन ।










आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
आज कात्तिक ३० गते आइतबारको राशिफल, कस्तो रहनेछ तपाईंको दिन ?
युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ : प्रधानमन्त्री कार्की
सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता
बढ्यो पेट्रोल र डिजेलको मूल्य
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रतिक्रिया