भारतीय कलाकार सञ्जय दतलाई युएईले राख्ने चाहना

काठमाडौँ । भातरीय कलाकार सञ्जय दत्तले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेको एउटा फोटोले विश्वभर चर्चा पाएको छ । उनले आफूलाई युएई सरकारले गोल्डेन भिसा दिएको फोटो सार्वजनिक गरेका थिए ।
सामाजिक सञ्जालमा कलाकार दत्त मेजर जनरल मोहम्मद अल मर्रीको साथमा देखिएका छन् । युएई सरकारबाट गोल्डेन भिसा प्राप्त गर्ने उनी पहिलो भारतीय व्यक्ति हुन् । यो भिसाको अवधि १० वर्षको हुनेछ । युएई सरकारले यो भिसा प्रतिभाशाली व्यक्तिलाई दिने गरिन्छ ।
युएईले यो भिसा दिनुको मुख्य कारण विश्वभरका प्रभावशाली व्यक्तिलाई आफ्नै देशमा राख्नु रहेको छ ।
गोल्डेन भिसाको महत्व
युएई सरकारले विश्वका प्रभावशाली व्यक्तिलाई गोल्डेन भिसा दिएर आकर्षक गर्दै आएको छ । यसले युएईमा बाहिरी देशका नागरिकलाई लगानीको वातावरण सिर्जना गराउने रहेको छ । जसले व्यापारिक व्यक्तिलाई प्रोत्साहित गर्दछ ।
देशको विकासमा योगदान पु¥याउने दीर्घकालीन व्यक्तिलाई पनि उनीहरूको वफादारीको लागि गोल्डेन भिसा युएईले दिँदै आएको छ । गोल्डेन भिसाको सुरूमा स्थायी बसोबास प्रणालीका रूपमा वितरण गर्दै आएको थियो ।
मे २०१९ मा युएईको मन्त्रिपरिषद्ले प्रवासीहरूको लागि १० वर्षे रेसिडेन्सी भिसा स्वीकृत गरेको हो । लगानीकर्ता, उद्यमी, मुख्य कार्यकारी, वैज्ञानिक र उत्कृष्ट विद्यार्थी, कलाकारलगायतलाई यस भिसाले आकर्षण बनाएको छ । एजेन्सीहरुको सहयोगमा

आयुश राठौर
मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया