एमाले विवाद : सुदूरपश्चिममा ३ निवर्तमान मन्त्री पार्टी सदस्यसमेत नरहने गरी निष्कासित

धनगढी । नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशका ३ निवर्तमान मन्त्रीलाई पार्टीको साधारण सदस्य समेत नरहेने गरी निष्कासन गरेको छ । निष्कासित हुनेमा प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्ट छन् ।
एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र पार्टीको तर्फबाट मन्त्रीमा रहेकालाई राजीनामा दिन निर्देशन दिएको थियो । तर, एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारबाट तत्काल फिर्ता नहुने निर्णय गरेको थियो ।
बिहिबार मात्र ती मन्त्रीलाई पार्टीले स्पष्टीकरण सोधेको थियो । मन्त्रीले चित्त बुझ्दो जवाफ नदिएकाले साधारण सदस्यबाट निकालिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले बताए ।
उनले नयाँ भएका मन्त्रीलाई स्पष्टीकरण सोधिने र कारबाही गरिने बताए । आज नै तीन मन्त्रीको ठाउँमा नयाँ मन्त्री थपिएका छन् । एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी हेरफेर भएकाे छ । उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएको छ भने अन्य दुई मन्त्रीलाई पद मुक्त गरिएकाे छ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया