स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने एमाले नेतासहित ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता
मेरोन्यूज
२०७८ जेठ १४ गते १९:२१
काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट तथा दुर्व्यवहार गर्ने ३ जनाविरूद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेले उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको हो । प्रहरीले अस्पतालका कर्मचारीलाई कुटपिट गर्ने र दुव्र्यवहार गर्ने नेकपा (एमाले)का नेता सहित तीन जनालाई पक्राउ गरेको थियो ।
आक्रमणमा संलग्न दाङको तुलसीपुर घर भएका एमाले नेता मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेको थियो ।
बिहीबार राति कोभिड आइसीयूमा उपचाररत दाङका ५४ वर्षीय संक्रमितको मृत्यु भएपछि उनका आफन्तले आइसीयू कक्षमै पसेर चिकित्सक तथा नर्समाथि कुटपिट गरेका थिए ।
सम्बन्धित


















वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया