बनेपा र पनौती नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा र पनौती नगरपालिकालाई प्रारम्भ सामाजिक संस्था र आनी छोइङ्ग डोल्मा फाउण्डेशनले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कोरोना भाइरसको दोस्रो लहरका कारण सङ्क्रमण, रोकथाम र नियन्त्रणमा खटिरहेका स्थानीय तहको अभियानमा साथ दिन नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको समन्वयमा संस्थाका प्रतिनिधिको उपस्थितिमा सो सामग्री हस्तान्तरण गरिएको हो ।
गायिका आनी छोइङ्ग डोल्मा र सिङ्गापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्री, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष इश्वरी ओझा र पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाले २/२ थान अक्सिजन कन्सनट्रेटर, २०/२० थान पिपिइ र ५/५ थान अक्सिमिटर बनेपाका प्रमुख कार्यकारी अधिकृत कविराज उप्रेती तथा पनौतीका प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद अधिकारीलाई प्रदान गरे ।
यसअघि सो संस्थाले धुलिखेल र पाँचखाल नगरपालिकालाई अक्सिजन कन्सनट्रेटर दुई/दुई थान, पिपिइ २०/२० थान, पल्स अक्सिमिटर पाँच/पाँच थान प्रदान गरिसकेको छ ।
महासंघ काभ्रेका अध्यक्ष तिमल्सिनाले स्थानीय सरकारले सङ्क्रमण रोकथाम र नियन्त्रण गरिरहेको काममा सहयोग पुर्याउन समन्वय गरेको बताए ।
अहिले ति नगरपालिकाहरुले सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि नगरपालिका क्षेत्र नै शिल गरी वडाका विभिन्न क्षेत्रमा लक्षण देखिनेहरुको स्वाव परीक्षण गरी आवश्यक औषधि उपचार तथा अन्य व्यवस्थापनको काममा लागिरहेका छन् ।















प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया