बजेट अध्यादेश सार्वजनिक गर्ने तयारीका लागि मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । बजेट अध्यादेश सिफारिशका लागि मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषद बैठक बिहान ११ बजे बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिश गर्नेछ । राष्ट्रपतिले स्वीकृति प्रदान गरेपछि अपराह्न चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् ।
चौतर्फी दबाबकाबीच पूर्ण आकारको बजेट ल्याउने सरकारको तयारी छ । प्रतिनिधिसभा विघटन भएको र जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको सरकारले जनाएको छ ।
यस वर्षको बजेट स्वास्थ्य क्षेत्र केन्द्रित हुने यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले बताइसकेका छन् । आफ्नो कार्यकालमा अघि बढाइएका विकास निर्माणका कामलाई पनि बजेटमा निरन्तरता दिने ओलीको भनाइ थियो ।
डेढ महिनाअघि उनले यसपालि वृद्ध भत्ता बढाउने घोषणा पनि गरेका थिए ।

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
रुसमाथि लगाएको प्रतिबन्ध अन्त्य गर्न युरोपेली सङ्घसँग हङ्गेरीको आग्रह
१६५ क्षेत्रकै नतिजा सार्वजनिक, कसको कति सिट ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
प्रतिक्रिया