प्रभावकारी हुन सकेन अनलाइन शिक्षा

काठमाडौँ । कोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाका बेला सरकारी विद्यालयमा यन्त्र र संस्थागत विद्यालयमा स्रोतको अभावमा प्रभावकारी शिक्षण सिकाइ हुन नसकेको सरोकारवालाहरुको भनाइ छ ।
सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज जुम प्रविधिबाट आयोजना गरेको ‘महामारीमा शिक्षा, चुनौती र सामना गर्ने रणनीति’ विषयक अन्तरक्रियामा प्याब्सनका सहअध्यक्ष डिके ढुङ्गानाले सरकारी विद्यालयलाई अनलाइनबाट पढाउन प्रविधि र यन्त्रको व्यवस्था गरिनुपर्ने बताए । संस्थागत विद्यालयलाई स्रोतको व्यवस्थाका लागि सरकारको पहल आवश्यक रहेको उनको भनाइ छ ।
अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले अहिलेको शिक्षाले चिल्लो प्रमाणपत्र दिने तर संस्कार नदिने भएकाले संस्कार बसाउन शिक्षा नीतिमै व्यवस्था गर्न माग गरे। शिक्षामा संस्कार नहुनुमा सरकारी नीति र समाजको पनि दोष रहेको उनको भनाइ थियो ।
सरकारी विद्यालयमा दिवा खाजा र स्यानिटरी प्याडमा छुट्याएको बजेट खर्च नभएकाले त्यसलाई अनलाइन शिक्षा दिन डिभाइसमा खर्च गर्नुपर्ने महासंघका अध्यक्ष भण्डारीको माग छ ।
















निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्ताे रहला आज देशभरकाे माैसम ?
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया