कोरोना संक्रमण दर ओरालो लाग्यो, ४ हजार ४८७ जनामा संक्रमण पुष्टि
६ हजार ८० जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर ओरालो लाग्न थालेको छ । गत वैशाखको तेस्रो साता करिब ४५ प्रतिशत माथि कोरोना संक्रमण पुष्टि हुँदै आएको थियो ।
पछिल्ला केही दिनयता संक्रमण दर निरन्तर ओरालो लागिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पछिल्लो तीन साताकै कम संक्रमण पुष्टि भएको छ ।
आज १४ हजार ७५२ नमूना परीक्षण गर्द ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको छ । १४ हजार ६ पिसिआर परीक्षण गर्दा ४ हजार ३११ र ७४६ एन्टीजेन परीक्षण गर्दा १७६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म ५ लाख ५३ हजार ४२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज छ हजार ८० जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा ४ लाख ३४ हजार ७५० जना कोरोना संक्रमण मुक्त भएका छन् । १ लाख ११ हजार ५०९ जना आइसोलेसनमा छन् ।
पछिल्लो २४ घन्टामा ११६ जनाको ज्यान गएको छ । यससँगै नेपालमा हालसम्म ७ हजार १६३ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

















चैत २२ गतेदेखी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
इरान– इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित
झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया