मंगलबार, वैशाख ८, २०८३

ब्ल्याकमेल गरी रकम माग्ने प्रवृत्तिमा वृद्धि, सजग रहन प्रहरीको आग्रह

मेरोन्यूज २०७८ जेठ १६ गते १५:३७

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले ब्ल्याकमेलिङ गरेर रकम माग्ने प्रवृत्ति बढेको भन्दै सजग रहन आग्रह गरेको छ । विद्युतीय माध्यमबाट अपराध बढेको भन्दै आइतबार ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले विज्ञप्ति जारी गर्दै यस्ता अपराधबाट जोगिन अनुरोध गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

ब्याकमेलिङ समूहले विभिन्न व्यक्तिहरूलाई सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाउने गरेको र उनीहरूलाई मेसेन्जर, ह्वाट्सएप, भाइबर, इमोलगायतमा कल गरेको पाइएको साइबर ब्यूरोले जनाएको छ । त्यसपछि अनैतिक कुराकानी र अश्लिल कृयाकलाप गरी उक्साएर उनीहरूलाई पनि संलग्न गराउने पाइएको भन्दै विज्ञप्ति जारी गरेको हो ।

‘धम्की दिई बारम्बार रकम माग गर्ने गरेका घटनाहरू बढ्दै गएको हुँदा सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई यस्तो कृयाकलापप्रति सजग रहन तथा आपराधिक व्यक्ति तथा समूहको शिकारबाट जोगिन, प्रलोभनमा परी कोही कसैसँग पनि यस्तो प्रकारले भिडियोकल, भ्वाइसकल नगर्नु हुन सम्बन्धित सबैको जानकारी तथा जनचेतनाको लागि सूचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया