टेली मेडिसिन सेन्टरको सुरुवात

काठमाडौँ । कोभिड १९ महामारीलाई रोकथाम तथा नियन्त्रण गरी सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं भन्ने अभियानमा नेपाल चेम्वर अफ कमर्स र नेपाल चिकित्सक संघबाट संयुक्त रुपमा पहल भएको छ ।
उक्त अभियानको लागि नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चिकित्सक संघको सहकार्यमा टेलिमेडिसिन सेन्टर अन कोभिड १९ आजै देखि संचालनमा आएकोे चेम्बरले जनाएको छ ।
टेलिमेडिसिन सेन्टरको लागि नेपाल चेम्वर अफ कमर्सले मुख्य प्रायोजन गरेको छ । उक्त कार्यक्रममा चेम्वरका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीबाट संयुक्त रुपमा केन्द्रको शुमारम्भ भएको छ ।
शुभारम्भमा अध्यक्ष मल्लले विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको कोरोनाभाइरस कोभिड-१९ बाट प्रभाबित भएका व्यक्तिहरुले बिदेश तथा नेपालका सवै क्षेत्रबाट यस केन्द्रबाट अनलाइन परामर्श प्राप्त गर्न सक्ने हुँदा महामारी व्यवस्थापनमा सहयोग पुग्ने बिश्वास व्यक्त गर्दै यस कार्यमा मूख्य प्रयोजन गर्न पाउदा खुशी लागेको बताए ।
यस केन्द्र संचालनका लागि साल्ट टे«डिङ्ग कर्पोरेशन तथा इश्वरलाल प्रतिष्ठानको पनि सह प्रायोजना रहेको छ । यस केन्द्रबाट सेवा लिन इच्छुक व्यक्तीहरुले मेरो डाक्टर एप डाउन लोड गर्न सकिने र उक्त एप कसरी प्रयोग गर्ने सम्वन्धमा डब्लुडब्लुडब्लु डटकममा गइ यस वारे आवश्यक जानकारी प्राप्त गर्ने व्यवस्था रहेको छ ।


















वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया