साझा पार्टीका नेता थापाको उपचारमा सरकारले आवश्यक सहयोग गर्ने
मेरोन्यूज
२०७८ जेठ १६ गते १८:१०

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकसँग आइतबार टेलिफोन गरी विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
उपप्रधानमन्त्री पोखरेलले थापाकी आमा शान्ता थापालाई पनि टेलिफोन गरी सरकारका तर्फबाट सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेका थिए ।
“सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सीधै फोन गर्नुस्, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छौँ” उपप्रधानमन्त्री पोखरेलले भने । कोरोना भाइरस (कोभिड–१९) संक्रमित थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित













भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलरको भाउ निरन्तर उकालो
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रतिक्रिया