बजेटबारे कांग्रेसको निष्कर्ष : कोरोनाबाट अर्थतन्त्र उकास्ने योजना सारेन

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले बजेटमा कुनै नयाँ कार्यक्रम नसमेटेको निष्कर्ष निकालेको छ । सोमबार संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै नेता मिनेन्द्र रिजालले सरकारले देखिने मूर्त, ठोस उपलब्धीबिना नै ऋण भार बढाएको बताए ।
उनका अनुसार मौजुदा सरकारले कार्यकाल सुरु गर्दा ८ अर्ब ऋण रहेकोमा अहिले बढेर झण्डै १६ अर्ब पुगे छ । अर्को वर्ष ३० प्रतिशतले खर्च बढाउने देखिएको छ । सरकारले बजेट बनाउँदा गत वर्षजस्तो बजेट बनाएर जनतालाई निरास बनाएको उनले टिप्पणी गरे ।
“कोरोनाबाट अर्थतन्त्र उकास्न कुनै योजना अघि सारेको देखिदैन,” उनले भने, “जनता कोरोनाको महामारीको चपेटामा छन्, रोजगारी गुम्ला भन्ने तनावमा छन्, तर प्रधानमन्त्री ओली भने देशमा यति ठूलो विकास भएको छ भनेर बसेका छन् ।”
सरकारले हचुवाका भरमा केही कार्यक्रम सुरु गरेको र त्यसले दीर्घकालीन रूपमा प्रभाव नपार्ने कांग्रेसको निष्कर्ष छ ।










एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्पत्तिका लागि अनलाइन पोर्टल सार्वजनिक
जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने तीनजना पक्राउ
बुधबार २८ सयले बढ्यो सुनको भाउ
वाग्मतीमा प्रदेशको पुँजीगत खर्च निराशाजनक
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
प्रतिक्रिया