कोरोना संक्रमित गर्भवतीले होम आइसोलेसनमा बस्दा के गर्ने ? डा मिश्राको सुझाव

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिएको छ । गर्भावस्थामा कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेको अवस्थामा गर्भवतीले उचित ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।
परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालका निर्देशक डा संगिता मिश्रा कोरोना संक्रमण देखिएका गर्भवतीलाई छुट्टै कोठामा बस्न र छुट्टै शौचालयको प्रयोग गर्न सुझाव दिन्छिन् ।
गर्भवतीले शरीरमा अक्सिजनको मात्रा चार/चार घन्टाको अन्तरमा नाप्नुपर्ने उनको सुझाव छ । त्यस्तै बेलाबेला ज्वरो जाँच गर्ने गर्नुपछ । यदि ज्वरो आएमा सिटामोल खान सकिने उनको भनाइ छ ।
उनका अनुसार अन्य हल्का खोकी लाग्यो भने स्वास्थ्यकर्मीको परार्मश लिनुपर्छ । फलफूल, तरकारी, दूध, माछामासु, अन्डालगायत पोषणयुक्त खानेकुरा प्रशस्त खानुपर्छ ।
डा मिश्राले भनिन्, ‘आइसोलेसनमा बस्दा श्वासप्रश्वासमा समस्या देखियो वा अत्यधिक ज्वरो आएमा, शरीरमा अक्सिजनको मात्रा घटेमा तुरुन्तै अस्पताल जानुपर्छ ।”
पेट दुखिरहेको छ वा पेटमा बच्चा कम चलेको छ । तल्लो पेट दुखिरहेको तथा रगत बगिरहेको अवस्था भए भने तुरुन्तै अस्पताल जान उनले सुझाइन् ।
















निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्ताे रहला आज देशभरकाे माैसम ?
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया