मर्जर हुने वित्तिय संस्थाले राष्ट्र बैंकको पत्र पाउने
मेरोन्यूज
२०७८ जेठ १८ गते १२:०४

काठमाडौं । मर्जर प्रक्रिया अगाडी बढाएका ४ वटा वित्तय संस्थाले नेपाल राष्ट्र बैंकबाट पत्र पाउने भएका छन् ।
हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक तथा नवील बैंक र यूनाइटेड फाइनान्सबीचको जारी मर्जर प्रक्रियालाई राष्ट्र बैंकले लेटर अफ इन्ट्रेस्ट (एलओआई) दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको आज मंगलबार विहान बसेको बोर्ड बैठकले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक तथा नवील बैंक र यूनाइटेड फाइनान्सलाई मर्जरका लागि एलओआई दिने निर्णय गरेको हो ।
एलओआई पाएपछि अब यी संस्थालाई मर्जर प्रक्रिया तीव्र गतिमा अगाडि बढाउन सहज हुने राष्ट्र बैंकले जनाएको छ ।
हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बैशाख ३० गते मर्जर सम्झौता गरेको थियो ।
त्यस्तै, नबिल बैंकले यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने गरी बैशाख १७ गते सम्झौता गरेको थियो ।
सम्बन्धित

















भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया