शुक्रबार, फागुन १५, २०८२

नेपाल सुनचाँदी ब्यवसायी महासंघद्वारा बजेटको स्वागत

मेरोन्यूज २०७८ जेठ १८ गते १७:३४

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले आगामी आर्थिक बर्ष २०७८/७९ को बजेटको स्वागत गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गत शनिबार जेठ १५ गते प्रस्तुत गरेको बजेटले कोभिड–१९को मारबाट शिथिल बनेको मलुकको अर्थतन्त्र र सामाजिक जन–जीवनका हरेक क्षेत्रमा सहुलियत एवं राहतको व्यवस्थाको साथै अर्थतन्त्रको पुनरोत्थानका लागि गरिएको प्रक्षेपण सहितको पहल अत्यन्त व्यावहारिक र सकारात्मक भएकोले महासंघको ठहर गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यसैगरी स्वदेशी उद्योगका लागि शीपयुक्त जनशक्तिको आपूर्ति र परम्परागत पेशा एवं शीप विकासको लागि विभिन्न किसिमका तालिमको व्यवस्था गरिने बजेट वक्तव्यमा उल्लेख हुनु उत्साहजनक रहेको महासंघले ठहर गरेको छ । वहुमूल्य गहना निर्माणको लागि कालिगढ तालिम दिईएमा युवा पुस्ताले उच्च पारिश्रमिक पाउने रोजगारी स्वदेशमा नै प्राप्त गर्न सक्ने महासंघको बिश्वास रहेको छ ।

महामारीका कारण अर्थतन्त्रका विविध क्षेत्रले काम नै गर्न नसकेकोले आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको अवस्थामा महामारी माथि नियन्त्रण गरी अर्थतन्त्रलाई सुचारु तुल्याई वार्षिक ६ प्रतिशतको वृद्धिदर हाँसिल गर्ने अठोट र प्रतिवद्धता सहितको प्रक्षेपणले निजी क्षेत्रको मनोबल बढेको महासंघले जनाएको छ ।

यसैगरी सुर्खेतमा स्वदेशी रत्न, पत्थरको प्रशोधन तथा प्रवद्र्धनका लागि निजी क्षेत्रसंगको सह–कार्यमा परियोजना संचालन गर्ने कार्यक्रम बजेटमा समावेश हुनुले आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, रोजगारी विस्तार, राजश्व अभिवृद्धि आदि क्षेत्रमा ठोस योगदान पुग्ने विश्वास समेत रहेको महासंघका महासचिवद्धारा मंगलबार जारी बिज्ञप्तिमा उल्लेख छ ।

वहुमूल्य गहनाको निर्यात विस्तारको प्रसस्त संभावना रहेको भएपनि त्यसतर्फ भने बजेटले छुन नसकेकोले आगामी मौद्रिक नीति मार्फत त्यसको सम्वोधन हुने महासंघको अपेक्षा छ । सुनको चरम अभावले यस व्यवसायको भविष्य माथि नै गंभीर चुनौती उत्पन्न हुने गरेको छ । त्यसैले सुनको आयातमा विगत लामो समय देखि कायम रहेको परिमाणात्मक वन्देज र एकाधिकारको अन्त्य गर्न पनि पहल हुने अपेक्षा महासंघको रहेको छ ।

प्रतिक्रिया