चुरे क्षेत्रको संरक्षणमा सरकार प्रतिबद्ध छ : अर्थ मन्त्रालय

काठमाडौँ । अर्थ मन्त्रायलले सरकार चुरे क्षेत्रको संरक्षण गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चुरे क्षेत्रको संरक्षणमा सरकार प्रतिबद्ध रहेकाले दोहन हुन र वातावरण संरक्षणमा नकारात्मक प्रभाव पर्न नदिन सचेत रहेको जनाएको छ ।
मन्त्रालयले खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिम चुरे भावर शिवालिक र नदी प्रणालीबाहेकका उपयुक्त क्षेत्रमा खानी उत्खनन् गर्ने नीतिगत दृष्टिकोण प्रस्तुत गरिएको दाबी गरेको छ । चुरे क्षेत्रमा ढुंगा, गिट्टी, बालुवालगायत निर्माण सामग्रीको दोहन हुन नदिने प्रस्तुत नीतिको मूल मर्म भएको जनाएको छ ।
सम्बन्धित सरकारी निकाय, वातावरणविद्, विषय विज्ञ र सरोकारवालाहरूसँग छलफल गरी प्राप्त हुने सल्लाह र सुझावका आधारमा कार्यविधि, निर्देशिका, मापदण्ड एवं कानूनी प्रबन्ध गर्न तथा वातावरण र जीविकामा प्रतिकूल असर नपर्ने व्यवस्था मिलाउने सबैलाई जानकारी दिएको मन्त्रालयको स्पष्टीकरण छ ।
आर्थिक वर्ष २०७८-७९ को आय–व्ययको सार्वजनिक जानकारी दिई वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने बताइएको छ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुल छुट दिने व्यवस्था मिलाएकाले सार्वजनिक विचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाइएको छ ।

















ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
रास्वपाकाे आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
बोलिभियामा सैन्य विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु
निर्वाचन निष्पक्षताका लागि जिल्ला प्रशासन चितवनको पाँच ‘पी’ सूत्र
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
इनड्राइभले आयोजना गर्यो ‘काठमाडौं क्लिन एयर डायलोग’
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
प्रतिक्रिया