नेकपाको फैसलासँग प्रतिनिधिसभा विघटनको सम्बन्ध छैन : महान्याधिवक्ता
मेरोन्यूज
२०७८ जेठ २३ गते १२:५५

काठमाडौँ । महान्याधिवक्ता रमेश बडालले नेकपा सम्बन्धी ऋषि कट्टेलका मुद्दाको फैसलासँग अहिले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सम्बन्ध नरहेको बताएका छन् । संवैधानिक इजलासमा सुनुवाइ नहुँदै इजलास पुनर्गठनप्रति बडालले आपत्ति जनाएका छन् ।
बडालले नेकपा मुद्दामा राष्ट्रपति र प्रधानमन्त्री कार्यालय विपक्षी नभएको भन्दै उक्त मुद्दामा फैसला गरेको आधारमा कुनै न्यायाधीश इजलासमा बस्न नमिल्ने र कुनै न्यायाधीशले उक्त फैसलासँग जोडेर हेर्दा बस्न मिल्ने कुरा तर्कसंगत नभएको बताए ।
महान्यायाधिवक्ताले संसदीय सुनुवाइमा बसेर न्यायाधीश नियुक्ति सदर गर्ने सांसदहरु नै रिट निवेदक भएकाले उक्त सुनुवाइबाट आएका न्यायाधीशहरू यो इजलासमा बस्न नमिलने उल्लेख गरे । उनले सरकार पक्षलाई इजलासमा समय कम दिइएको भन्दै विपक्षीहरूलाई जत्तिकै अवसर सरकार पक्षलाई पनि चाहिने बताए ।
सम्बन्धित













धनुषामा झडप हुँदा १२ जना घाइते
भारतको हिमाचल प्रदेशमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो
देश नै नरहने हो कि भन्ने निराशा पैदा भयो : पूर्वराजा शाह
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
प्रतिक्रिया