नेकपाको फैसलासँग प्रतिनिधिसभा विघटनको सम्बन्ध छैन : महान्याधिवक्ता
मेरोन्यूज
२०७८ जेठ २३ गते १२:५५

काठमाडौँ । महान्याधिवक्ता रमेश बडालले नेकपा सम्बन्धी ऋषि कट्टेलका मुद्दाको फैसलासँग अहिले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सम्बन्ध नरहेको बताएका छन् । संवैधानिक इजलासमा सुनुवाइ नहुँदै इजलास पुनर्गठनप्रति बडालले आपत्ति जनाएका छन् ।
बडालले नेकपा मुद्दामा राष्ट्रपति र प्रधानमन्त्री कार्यालय विपक्षी नभएको भन्दै उक्त मुद्दामा फैसला गरेको आधारमा कुनै न्यायाधीश इजलासमा बस्न नमिल्ने र कुनै न्यायाधीशले उक्त फैसलासँग जोडेर हेर्दा बस्न मिल्ने कुरा तर्कसंगत नभएको बताए ।
महान्यायाधिवक्ताले संसदीय सुनुवाइमा बसेर न्यायाधीश नियुक्ति सदर गर्ने सांसदहरु नै रिट निवेदक भएकाले उक्त सुनुवाइबाट आएका न्यायाधीशहरू यो इजलासमा बस्न नमिलने उल्लेख गरे । उनले सरकार पक्षलाई इजलासमा समय कम दिइएको भन्दै विपक्षीहरूलाई जत्तिकै अवसर सरकार पक्षलाई पनि चाहिने बताए ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया