ओली पक्षका वकिललाई मानहानीको मुद्दा चलाउने प्रधानन्यायाधीशको चेतावनी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले ओली पक्षका वकिलले निवेदन फिर्ता नलिए मानहानीको मुद्दा चलाउने चेतावनी दिएका छन् । संवैधानिक इजलासमा ओली पक्षका वकिल राजाराम घिमिरेले न्यायाधीशहरूले मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन दिएका थिए ।
उक्त निवेदन फिर्ता लिन आग्रह गर्दै राणाले नलिए मानहानीको मुद्दा चलाउने चेतावनी दिएका हुन् । राणाले संयमित हुन सबैमा अनुरोध गर्दै निवेदन फिर्ता नलिए कठिन रुपमा मानहानीको मुद्दा चलाउने बताएका हुन् । उनले इजलासको मर्यादा कायम राख्नुपर्ने र इजलासको विश्वास पनि गर्नुपर्ने बताए ।
इजलासमा राजारामसहित यज्ञमणि न्यौपाने र दीपक मिश्रले पुरक निवेदन लगेका हुन् । राजारामले निवेदन दर्ता नै हुनुपर्ने जिकिर गरेका छन् । राणाले आइतबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका थिए ।
संवैधानिक इजलासमा राणासहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन् ।


















वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया