‘मनसुनसँगै आउने स्वास्थ्य समस्याको व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा छ’

काठमाडौं । स्वास्थ्य मन्त्रालयले मनसुनको समयमा देखिने स्वास्थ्य समस्याहरुको सामना गर्न तयारी अवस्थामा रहन सबै निकायलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले विपत्तिको समयमा आउने विभिन्न स्वास्थ्य समस्याको उपचार गर्न स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको जानकारी दिए ।
वर्षा याममा डेंगु, मलेरिया, झाडापखाला, ज्वरो लगायतको स्वास्थ्य समस्या आउने हुदाँ ति समस्या समाधानका निम्ति स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको उनले जानकारी दिए । विपतबाट तुरुन्त उद्दार गर्नका लागि प्रत्येक स्थानीय तहमा र्यापिड रेन्स्पोन्स टिम गठन गर्नका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएर राखिएको पनि उनले बताए ।
उनले भने ‘प्रत्येक स्थानिय तहमा ¥यापिड रेन्सपोन्स टिम कसरी गठन गर्ने भनेर स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य कार्यालयहरुलाई तालिम दिएर जनशक्ति तयारी अवस्थामा राखिएको छ । मनसुन सँगै झाडापखाला, ज्वरो, मलेरियाका बिरामी बढि देखिन्छन् । उपचारात्मक सेवा र प्रर्वद्धनात्मक सेवा सँगसँगै जानुपर्ने हुन्छ । स्थानीय तहमा रहेका द्रुत प्रतिकार्य समिति (र्यापिड रेन्पोन्स टीम), त्यहीबाट रेस्पोन्स गर्नुपर्नेछ ।’
प्रवक्ता पौडेलले आवश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा जानकारी दिए । उनले भने ‘डेंगु लगायतका विमारहरुलाई चाहिने एन्टिजेन किट, परिक्षण सामग्री, मलेरियाको आरडिटी, डेंगुको किट, झाडापखालाको लागि जीवनजल लगायत औषधीको व्यवस्थापन केन्द्रीय स्टोर, प्रदेशस्थित मेडिकल स्टोर र जिल्लाहरुसँगको समन्वयमा त्यो व्यवस्थापनको काम हुन्छ । त्या नियमित काम भित्रै हुन्छ ।’










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया