मन्त्री महतोको अभिव्यक्तिसहित पाँच बुँदामा विद्यार्थी संगठनहरूको विरोध
काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिसहित सरकारको गतिविधिलाई लिएर ७ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गरेको छ । विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (पाँचौ)लगायत संगठनले विज्ञप्ति जारी गरेका हुन् ।
संगठनका अध्यक्षहरू राविज ढुंगाना, रञ्जित तामाङ, सुदेश पराजुली, विमला पोखरेल, हरिकृष्ण गजुरेल, चिरञ्चिवी ढकाल धनश्याम मिश्रले हस्ताक्षर गरेको विज्ञप्तिमा सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०७८–८९ को १९९ बुँदाको विरोध गरेका छन् । यस बुँदामा ‘खानीजन्य ढुंगा, गिटी, बालुवा निकास गरी व्यापार घाटा न्यूनीकरण गरिने’ बारेमा पनि विरोध जनाएका छन् । विद्यार्थी संगठनहरूले सरकारको यस कदमले माफियाहरूबाट चुरे क्षेत्र दोहन हुने भन्दै तत्काल खारेज गर्न माग गरेका छन् ।
भर्चुअल माध्यमबाट बसेको बैठकले बारम्बार पेट्रोलियम पदार्थको मूल्य वृद्धि र झापाको बी एण्ड सी मेडिकल कलेजलाई दिएको सम्बन्धनसमेत खारेज गर्न माग गरेका छन् । यसैगरी, त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीमा लिन लागेको परीक्षाको उचित व्यवस्थापनमा जोड दिन आग्रह गरिएको छ ।

















भुटानमाथि नेपालको जित
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
झापामा दुई शव फेला
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
प्रतिक्रिया