मन्त्री महतोको अभिव्यक्तिसहित पाँच बुँदामा विद्यार्थी संगठनहरूको विरोध
काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिसहित सरकारको गतिविधिलाई लिएर ७ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गरेको छ । विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (पाँचौ)लगायत संगठनले विज्ञप्ति जारी गरेका हुन् ।
संगठनका अध्यक्षहरू राविज ढुंगाना, रञ्जित तामाङ, सुदेश पराजुली, विमला पोखरेल, हरिकृष्ण गजुरेल, चिरञ्चिवी ढकाल धनश्याम मिश्रले हस्ताक्षर गरेको विज्ञप्तिमा सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०७८–८९ को १९९ बुँदाको विरोध गरेका छन् । यस बुँदामा ‘खानीजन्य ढुंगा, गिटी, बालुवा निकास गरी व्यापार घाटा न्यूनीकरण गरिने’ बारेमा पनि विरोध जनाएका छन् । विद्यार्थी संगठनहरूले सरकारको यस कदमले माफियाहरूबाट चुरे क्षेत्र दोहन हुने भन्दै तत्काल खारेज गर्न माग गरेका छन् ।
भर्चुअल माध्यमबाट बसेको बैठकले बारम्बार पेट्रोलियम पदार्थको मूल्य वृद्धि र झापाको बी एण्ड सी मेडिकल कलेजलाई दिएको सम्बन्धनसमेत खारेज गर्न माग गरेका छन् । यसैगरी, त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीमा लिन लागेको परीक्षाको उचित व्यवस्थापनमा जोड दिन आग्रह गरिएको छ ।














आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
प्रतिक्रिया