दुई महिलालाई १२ दिन बन्धक बनाई यौन शोषण गर्ने व्यक्ति पक्राउ
मेरोन्यूज
२०७८ जेठ २३ गते १७:१३

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरियामा होटल सञ्चालन गर्ने एक जना मावन बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले गोदावरी नगरपालिका २ अत्तरियास्थित मिट प्वाइन्ट होटलका सञ्चालक दान बहादुर साउदलाई पक्राउ गरेको हो ।
साउदले उक्त होटलमा काम लगाइदिने बहानामा २ जना महिलालाई जेठ ९ देखि १९ गतेसम्म होटलमा राखेका थिए । सो अवधिमा अनैतिक क्रियाकलाप तथा शारीरिक सम्पर्क गर्न लगाउने कार्यमा संलग्न गराएको भन्ने जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कैलालीबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सम्बन्धित










जेनजी सुशासन योद्धा : भट्ट परिवारको सहारा, कान्छो ढल्यो…
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ
दोहोरो अंकले बढ्यो सेयर बजार
‘टियागो ईभी कार्टनिभल सम्पन्न’, आशिम र समय्याले जिते ‘पीएस ५’पुरस्कार
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया