रुकुम पश्चिममा विपन्नलाई लक्षित गरी सुपथ मूल्य पसल

रुकुमपश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सुपथ मूल्यको पसल सञ्चालन गरेको छ । गत वर्षदेखि थालिएको पसल यो वर्ष पनि सञ्चालनमा छ ।
कोरोना महामारीका कारण असजिलोमा रहेकाहरूका लागि भन्दै नगरपालिकाले दुई ठाउँबाट सुपथ मूल्यका सामग्री बिक्री गरिरहेको हो । हेरक मंगलबार र शुक्रबार नगर प्रहरीले सुपथ मूल्यमा खाद्य सामग्री बिक्री गरेका छन् ।
नगरपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट किनेर ल्याएका सामग्री सर्वसाधारणलाई बिक्री गरिरहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा पुग्न सर्वसाधारणलाई टाढा रहेको भन्दै नगरपालिकाले नगरमै यस्तो व्यवस्था गरेको हो ।
वडा नं १ देखि ९ सम्मका लागि वडा नं २ को सेवानजिकै खाद्य सामग्री बिक्री केन्द्र तोकिएको छ । वडा नं १० देखि १४ का सर्वसाधारणलाई लक्षित गरी ११ नम्बर वडाको टाटा बजारमा यसको बिक्री केन्द्र राखिएको नगरपालिकाले जनाएको छ ।
यी पसलमा दुई खाले मूल्य निर्धारण गरिएको छ । उपभोक्ता कार्ड लिएका र नलिएकाहरूका हकमा केही फरक मूल्य निर्धारण गरिएको छ ।
नगरपालिकाबाट उपभोक्ता कार्ड लिएकाहरूले चामल प्रतिकिलो ५०, चिनी प्रतिकलो ७० र खाने तेल प्रतिलिटर २२० रुपैयाँमा किन्न पाइरहेका छन ।
उपभोक्ता कार्ड नपाएकाका लागि भने चामल प्रतिकिलो ५५, चिनी ८० र तेल प्रतिलिटर २३० रुपैयाँ निर्धारण गरिएको छ । केही समय नगरपालिकाले सुपथ मूल्य पसल सञ्चालन स्थगित गरेको थियो ।
कोरोनाका कारण सर्वसाधारणलाई समस्या परेको भन्दै नगरले फेरि निरन्तरता दिएको हो ।
गत वर्षको कोरोना महामारीका कारण नगरपालिकाले नगरवासीलाई उपभोक्ता कार्ड वितरण गरेको थियो । राहत वितरणमा सजिलो हुने भन्दै मापदण्डका आधारमा अति विपन्न परिवारलाई उपभोक्ता कार्ड प्रदान गरेको थियो ।
त्यही कार्डका आधारमा सुपथ मूल्य पसलका साथै अरू काममा पनि नगरपालिकाले छुट दिने गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । नगरपालिकाले उपभोक्ता कार्ड वितरण गरेपछि हरेक काम, योजना निर्माण र कार्यान्वयनमा सजिलो भएको छ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया