देउवा निवासमा नेताहरुको जमघट : प्रचण्ड निस्के, माधव नेपाल पुगे
ओलीको ६ बुँदेमा लिखित जवाफ दिने निष्कर्ष आफ्नो समुहको स्थायी समिति बैठकमा निकालेर माधव नेपाल शेरबहादुर देउवाको निवास पुगेका छन्

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ६ बुँदे प्रतिवद्धता सहितको एमाले एकताका लागि आह्वान गरेपछि माधव नेपाल आफ्नो समुहका स्थायी समिति सदस्यहरुसँग छलफल गरेर अहिले कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकन्ठस्थित निवासमा पुगेका छन् ।
ओलीले एकताका लागि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मागसहित सर्वाेच्च अदालतमा पुगेर गरेको हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त राखेका थिए ।
त्यसपछि अब नेपाल पक्षले के गर्लान् भन्ने चासोका बीचमा नेपाल आफू निकट स्थायी समितिको बैठक सकेर देउवा निवास पुगेका हुन् ।
ओलीको ६ बुँदेको जवाफ नेपाल समुहले लिखित रुपमा नै दिने निर्णय बैठकपछि गरेको छ । बैठकअगाडि नेपाललाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल निवास कोटेश्वरमै पुगेर भेट गरेका थिए ।
अहिले बैठक सकेर नेपाल पनि देउवा निवास पुगेका हुन् । प्रचण्ड भने देउवा निवासबाट निस्केर कोटेश्वरस्थित पार्टी कार्यालयमा छन् ।
नेपाल पक्षमा ओलीको वक्तब्य पछि तरंग छ । ओलीको वक्तब्यलाई नेपाल पक्षका नेता योगेश भट्टराईले सकारात्मक भनी स्वागत गरिसकेका छन् । नेपाल पक्षका नेताहरु योगेश, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टको विहान सुरेन्द्र पाण्डेको निवासमा छलफल समेत भएको थियो ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया