६० वर्षमा पुग्न लागे राजेश

काठमाडौं । महानायक राजेश हमाल ५७ वर्ष पूरा भई ५८ वर्षमा लागेका छन् । ३२ वर्षे पेशागत रुपमा चलचित्र क्षेत्रमा लागेका महानायक हमालले विभिन्न भूमिकामा खेलेका छन् ।
जुन समयमा राजेश हमालले फिल्ममा प्रवेश गर्ने निर्णय गरेका थिए, त्यसबेला नेपालमा वर्षभरि एउटा फिल्म बन्न पनि मुस्किल थियो । सन् १९८६ मा काठमाडौंमा -यापमा हिँडेर ग्ल्यामरमा प्रवेश गरेका राजेशले कुनै समय एक वर्षमा १२ वटासम्म फिल्ममा अभिनय गरेका थिए ।
फिल्म क्षेत्रमा करिअर खोज्नु मुर्खता मानिथ्यो । यो क्षेत्रमा कसैले भविष्य नै देखेका थिएनन् । त्यही अन्यौलका बीच फिल्म क्षेत्रमा प्रवेशमा गरेका राजेशले तीन दशकमा नेपाली फिल्मका सर्वाधिक लोकप्रिय ‘हिरो’को पयार्य समेत बने । ‘युगदेखि युगसम्म’बाट अभिनेताको रुपमा डेब्यू गरेका हमालले यसपछि करिअर फर्केर हेर्नु परेन । उनी अभिनित भाउजू लगायत दर्जनौं फिल्म चर्चित भएका थिए ।
नेपाली चलचित्र क्षेत्रमा परिवर्तन ल्याउनेमा हमालको नाम अग्रपंतिमा आउने भएकाले महानायक भनिएको जानकारी दिँदै उनका निर्देशक दिनेश डिसीले सामाजिक सञ्जाल फेसबुकबाट जन्मदिनको शुभकामना व्यक्त गरेका छन् । उनीसँगै हमाललाई सामाजिक सञ्जालमा ‘सुपरस्टार र महानायक’ले सम्बोधन गर्दै जन्मदिनको शुभकामना दिने क्रम जारी रहेको छ ।
५७ वर्षअघि पाल्पाको तानसेनमा बुबा पूर्व राजदुत चुडा बहादुर हमाल र माता रेनु हमालको कोखबाट जन्मिएका कोरोनाका कारण उनले यसपटकको जन्मदिन परिवारका सदस्यसँग घरमै मनाउँदै छन् ।
‘बौद्धिक नायक’को रुपमा चिनिने उनले कक्षा ८ सम्मको शिक्षा काठमाडौंको सेन्ट जेभियर स्कूलबाट, विद्यालय स्तरीय शिक्षा मस्कोबाट र भारतबाट स्नातकोत्तर मेजर अंग्रेजीमा गरेका हुन् । ५८ वर्षमा प्रवेश गरेको महानायक राजेश हमाललाई मेरोन्युजडटकमको तर्फबाट हार्दिक मगंलमय शुभकामना !
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
आजको मौसम : यी तिन प्रदेशमा वर्षाको सम्भावना
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया