विश्वकप छनोट : अर्जेन्टिना कोलम्बियासँग बराबरीमा रोकियो
मेरोन्यूज
२०७८ जेठ २६ गते १०:२३

काठमाडौं । फिफा विश्वकप छनोटको दक्षिण अमेरिकी छनोटअन्तर्गत अर्जेन्टिनाले बराबरी खेलेको छ । (आज बिहान) बुधबार भएको खेलमा अर्जेन्टिनाले कोलम्बियाको घरेलु मैदानमा कोलम्बियासँग २–२ गोलको बराबरी खेलेको हो ।
खेलको तेस्रो मिनेटमा अर्जेन्टिनालाई क्रिस्टियन रोमेरोले गोल गर्दै अग्रता दिलाएका थिए । भने पुन आठौँ मिनेटमा लिन्ड्रो डानिल पारेडेसले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । तर खेलको दोस्रो हाफमा अर्जेन्टिनाले गोल गर्न सकेन ।
दोस्रोे हाफको ५१औँ मिनेटमा कोलम्बियाका लुइस मुरीएलले पेनाल्टीमा गोल गर्दै २–१ को स्थितिमा ल्याए । खेलको इन्जुरी समयमा मिगुएल बोर्जाले गोल गर्दै कोलम्बियालाई हारबाट जोगाए ।
बराबरीसँगै अर्जेन्टिनाले ६ खेलबाट १२ अंक जोडेको छ । अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा छ ।
सम्बन्धित

















मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
चैत ४ गते बुधबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
गोरखा माइक्रोबस दुर्घटना अपडेटः मृतक सात भारतीयको पहिचान खुल्याे
प्रतिक्रिया