विश्वकप छनोट : अर्जेन्टिना कोलम्बियासँग बराबरीमा रोकियो
मेरोन्यूज
२०७८ जेठ २६ गते १०:२३

काठमाडौं । फिफा विश्वकप छनोटको दक्षिण अमेरिकी छनोटअन्तर्गत अर्जेन्टिनाले बराबरी खेलेको छ । (आज बिहान) बुधबार भएको खेलमा अर्जेन्टिनाले कोलम्बियाको घरेलु मैदानमा कोलम्बियासँग २–२ गोलको बराबरी खेलेको हो ।
खेलको तेस्रो मिनेटमा अर्जेन्टिनालाई क्रिस्टियन रोमेरोले गोल गर्दै अग्रता दिलाएका थिए । भने पुन आठौँ मिनेटमा लिन्ड्रो डानिल पारेडेसले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । तर खेलको दोस्रो हाफमा अर्जेन्टिनाले गोल गर्न सकेन ।
दोस्रोे हाफको ५१औँ मिनेटमा कोलम्बियाका लुइस मुरीएलले पेनाल्टीमा गोल गर्दै २–१ को स्थितिमा ल्याए । खेलको इन्जुरी समयमा मिगुएल बोर्जाले गोल गर्दै कोलम्बियालाई हारबाट जोगाए ।
बराबरीसँगै अर्जेन्टिनाले ६ खेलबाट १२ अंक जोडेको छ । अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा छ ।
सम्बन्धित













थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त
सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू
काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
जनमुक्ति मार्ग निर्माणले लियो गति
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया