मन्त्रीमण्डल विस्तार हुँदैं
गृहमा खगराज, सञ्चारमा नैनकला , अन्य को को बन्दैछन् मन्त्री ?
पूर्व माओवादीका २, माधव पक्षका १ र जसपाका फेरि थप १ गरी ७ मन्त्री र १ राज्यमन्त्रीको आजै साँझ सपथको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रीमण्डल विस्तार गर्न लागेका छन् । आफुसँग रहेको ७ मन्त्रालयमा उनले नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् । गृहमा धेरै एमाले नेताहरुको दावी रहेपनि अन्ततः खगराज अधिकारी ले बाजी मारेका छन् ।
कास्कीका अधिकारी गृहमन्त्री वन्दैछन् । त्यस्तै माओवादी छोडेर एमाले आएका रामवहादुर थापा (बादल) की पत्नी नैनकला थापा सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्न लागेकी हुन् ।
त्यस्तै, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडीको नाम तय भएको छ।
यो मन्त्रीमण्डल विस्तारमा माधव नेपाल पक्षका सिन्धुलीका गणेश पहाडीले पनि जिम्मेवारी पाउन लागेका छन् । उनलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ । सिन्धुलीका पहाडी योगेश भट्टराई निकटका नेता हुन् । उनले मन्त्री खान गएसँगै अव वीचधारमा रहिरहेका योगेशको पनि कित्ता प्रष्ट भएको र उनी ओलीतिर लागेको अनुमान गर्न सकिने विश्लेषण हुन थालेको छ ।
जसपाको महन्थ पक्षले थप एक मन्त्रालय पाएको छ । राजकिशोर यादवले उधोग मन्त्रीको जिम्मेवारी पाउँदैछन् । रक्षा मन्त्रालय भने प्रधानमन्त्री आफैँले राखेका छन्।
त्यस्तै, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र आशा विक वन राज्यमन्त्री बन्दैछन् ।
मन्त्रीहरुलाई आजै ४ बजे सपथ ग्रहण गराउने अन्तिम तयारी गरिएको छ ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया