‘गुण्डा नाईके’ गणेश लामा पाेखराबाट पक्राउ
मेरोन्यूज
२०७८ जेठ २७ गते २०:५२

काठमाडौं । ‘गुण्डा नाईके’ गणेश लामा पक्राउ परेका छन् । काठमाडौंबाट पोखरा पुगेका लामालाई लेकसाइडको एक रेष्टुरेन्टबाट पक्राउ गरेको हो । सोधपुछका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए।
डिएसपी हमालका अनुसार पक्राउ परेका लामालाई ईलाका प्रहरी कार्यालय बैदाममा राखिएको छ । आजै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदै गर्दा सांसद दिपक मनाङे उपस्थित भएका थिएनन् ।
कांग्रेस नेतासमेत रहेका लामा मनाङेलाई प्रभावमा पार्न कास्की पुगेकाे प्रहरीकाे अनुमान छ ।
मनाङेले जता बहुमत पुग्छ उतै आफूले भोट हाल्ने घोषणा गरिसकेका छन्। आजको मतपरिणामअनुसार विपक्षी गठबन्धनलाई बहुमतका लागि १ मत जरुरत देखिएको छ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया