‘गुण्डा नाईके’ गणेश लामा पाेखराबाट पक्राउ
मेरोन्यूज
२०७८ जेठ २७ गते २०:५२

काठमाडौं । ‘गुण्डा नाईके’ गणेश लामा पक्राउ परेका छन् । काठमाडौंबाट पोखरा पुगेका लामालाई लेकसाइडको एक रेष्टुरेन्टबाट पक्राउ गरेको हो । सोधपुछका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए।
डिएसपी हमालका अनुसार पक्राउ परेका लामालाई ईलाका प्रहरी कार्यालय बैदाममा राखिएको छ । आजै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदै गर्दा सांसद दिपक मनाङे उपस्थित भएका थिएनन् ।
कांग्रेस नेतासमेत रहेका लामा मनाङेलाई प्रभावमा पार्न कास्की पुगेकाे प्रहरीकाे अनुमान छ ।
मनाङेले जता बहुमत पुग्छ उतै आफूले भोट हाल्ने घोषणा गरिसकेका छन्। आजको मतपरिणामअनुसार विपक्षी गठबन्धनलाई बहुमतका लागि १ मत जरुरत देखिएको छ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया