म अराजनीतिमा विश्वास गर्दिनँ : मुख्यमन्त्री पोखरेल

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो बहुमत गुमे एक मिनेट पनि सत्तामा नबस्ने बताएका छन् । केही प्रदेश सभाका सरकारको बहुमत गुमाइरहेको अवस्थामा उनले यस्तो दाबी गरेका हुन् ।
जनता समाजवादी पार्टी (जसपा)ले कारबाही गरेपछि पदमुक्त भएका चारजना मन्त्रीको सांसद पद फर्केसँगै उनले आफ्नो पक्षमा बहुमत पुग्ने बताए । सर्वोच्च अदालतको आदेशसँगै चार जना मन्त्रीको सांसद पद फर्किको थियो ।
‘म संसदभित्रको राजनीतिक गणितमा विश्वास गर्छु, जबसम्म राजनीतिक रुपमा सत्तापक्षमा बहुमत रहन्छ म मुख्यमन्त्री रहन्छु’ मुख्यमन्त्री पोखरेलले भने, ‘म अराजनीतिमा विश्वास गर्दिनँ, राजनीतिक रुपमा बहुमत गुम्यो भने एक मिनेट पनि बस्दिनँ ।’
८३ सदस्यीय प्रदेश सभामा नेकपा एमालेतर्फका ३८ सांसद छन् । गत वैशाख १९ गते उनले आफ्नो पार्टीसँग एकल बहुमत रहेको बताउँदै संविधानको १६८(१)अनुसार पुनः मुख्यमन्त्री नियुक्त भएका थिए ।
तर, पछिल्लो राजनीतिक घटना क्रममा एमालेका माधव नेपाल र झलनाथ खनाल सत्ताको विपक्षमा भएकाले बहुमत नपुग्ने देखिएको छ । विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाले गत वैशाख ६ गते मुख्यमन्त्रीविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
उक्त प्रस्तावमाथि छलफलका लागि वैशाख १९ गते संसदको विशेष अधिवेशन बोलाइएसँगै पोखरेलले राजीनामा दिए र सोही दिन पोखरेलले विशेष अधिवेशन अन्त्य गराएका थिए ।
त्यसपछि एकल बहुमतको मुख्यमन्त्री नियुक्त भएपछि सत्ता पक्ष र विपक्षी दलबीच राजनीतिक टकराव जारी छ ।
विपक्षी गठबन्धनले ४२ जना सांसदको हस्ताक्षरसहित बहुमत देखाएर माओवादी केन्द्रका कूलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउनु पर्ने माग राख्दै आन्दोलन भएको थियो । यस्तै, पोखरेलको सपथ रोक्न राति ८ बजेसम्म प्रदेश प्रमुख कार्यालयमा धर्ना बसेका थिए । विपक्षी गठबन्धनले गत वैशाख २६ गते दोस्रोपटक मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । तर, त्यसले वैधानिकता पाएको छैन ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया