मन्त्रालयको लक्ष्य तथा योजनामा ध्यान केन्द्रित गर्न सञ्चारमन्त्री थापाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले मन्त्रालयको लक्ष्य तथा योजना सफल पार्नेगरी आफ्नो ध्यान केन्द्रित गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् ।
आज मन्त्रालयमा महाशाखा तथा शाखा प्रमुखसँगको छलफलमा मन्त्री थापाले नयाँ बजेटमा घोषणा भएअनुरुप मन्त्रालयका कार्यक्रमलाई प्रभावकारी ढंगले सम्पादन हुनेगरी कार्य योजना बनाउन निर्देशन दिइन् ।
कर्मचारीहरुलाई परिणाम आउने गरी काम गर्न निर्देशन दिँदै उनले भनिन्, ‘कति ध्यान दिएर काम गरे भन्ने आफुलाई थाहा हुन्छ । आफ्नो कामबाट सबैभन्दा पहिले आफू सन्तुष्ट हुनेगरी काम गर्नुहोस् ।’
मन्त्री थापाले पहिलेको राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिने तथा केही नयाँ कार्यक्रमहरु ल्याउने गरी आफुले गृहकार्य गरिरहेको जानकारी दिइन् । अहिलेको युग सूचना प्रविधिको युग भएको भन्दै सोहीअनुरुप नेपालले यस क्षेत्रमा फड्को मार्न आवश्यक रहेकामा उनले जोड दिइन् ।
मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, महाशाखाका प्रमुखलगायतले हाल भइरहेका कामकारवाही तथा आगामी कार्यक्रमका सम्बन्धमा विस्तृत रिपोर्ट प्रस्तुत गरेका थिए ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया