महाधिवेशनमा छलफल गर्न कांग्रेसको बैठक बस्दैं

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । शनिवार दिँउासे २ बजे आफ्नै निवास वुढानिलकन्ठमा पार्टीको १४औं महाधिवेशनका विषयमा छलफल गर्न देउवाले बैठक बोलाएका छन्।
कोरोना भाइरसको संक्रमण तीव्र हुँदा महाधिवेशनको सम्पूर्ण कार्यातालिका प्रभावित भएपछि छलफलका लागि देउवाले बैठक बोलाएका हुन् । कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी मिति तय गरेको छ ।
पार्टी विधानको व्यवस्थाअनुसार एक वर्ष थप अतिरिक्त समय लिएको कांग्रेसले आगामी भदौभित्र महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता छ। पार्टी महाधिवेशनमा देउवाले खास रुची नदेखाएको आरोप लाग्न थालेपछि उनले दुई दिन अगाडी मात्रै वक्तब्य नै जारी गरेर निर्धारित भदौंको मितिमै महाधिवशेन गर्न आफु तयार रहेको जनाएका थिए ।
संस्थापन इतर पक्षले सभापति देउवाले पार्टी महाधिवेशन गर्न नचाहेको भन्दै दबाब बढाईरहेका छन्। महाधिवेशन गर्न दबाब दिने उद्देश्यले केही युवा नेताले शुक्रबार नेता रामचन्द्र पौडेललाई भेटेका छन्। उनीहरूले यसअघि सभापति देउवालाई पनि भेटेका थिए।
कांग्रेसमा अझै क्रियाशिल सदस्यताको अन्तिम टुंगो लागेको छैन ।
६ फागुन २०७७ को केन्द्रीय समिति बैठकको निर्णय अनुसार क्रियाशील सदस्यता छानबिन समितिले ३१ जेठसम्म नयाँ र नविकरणको सम्पूर्ण निर्णय गरेर अन्तिम नामावली सभापति शेरबहादुर देउवालाई बुझाउनु पर्ने र त्यो नामावलीलाई देउवाले प्रमाणित गरि ७ असारमा केन्द्रीय कार्यालयले सदस्यताको अन्तिम नामावली प्रकाशित गर्ने र २० असारमा गाउँ-नगरका वडा अधिवेशन गर्ने कार्यतालिका यस अगाडी तय भएको थियो ।
क्रियाशिल सदस्यता छानविन समितिले अझै त्यसको अनितम टुंगो लगाउन सकेको छैन । यसले निर्धारित कार्यतालिका फेरि प्रभावित बन्ने भएपछि देउवाले यस लगायतका विषयमा के गर्ने भन्नेमा आज पदाधिकारी र पूर्व पदाधिकारीको बैठक राखेर छलफल गर्न लागेका हुन् ।















विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो
कस्ताे रहला आज देशभरकाे मौसम पूर्वानुमान
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया