गण्डकी प्रदेशमा नयाँ सरकार गठन हुँदै, दीपक मनाङे तेस्रोपटक मन्त्री बन्दै

काठमाडौँ । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले आज शनिबार नयाँ सरकार गठन गर्ने भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले शुक्रबार नै हस्ताक्षरसहित पत्र पेश हो ।
प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठन गर्न २४ घण्टाभित्रको समयसीमा दिएसँगै नयाँ सरकार गठन गर्न गठबन्धन पक्षले दाबी पेस गरेको हो । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदहरूले हस्ताक्षर गरेका छन् ।
निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका दीपक मनाङे उर्फ राजीव गुरुङले गठबन्धन पक्षलाई साथ दिएसँगै नयाँ सरकार बन्ने बाटो खुलेको हो । गठबन्धन पक्षलाई साथ दिएका उनी तेस्रोपटक मन्त्री बन्न सक्ने छन् ।
मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै प्रदेश प्रमुखले संसदको ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता समेत रहेका गुरुङलाई नै दोस्रो पटक संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
कुनै पनि दलको बहुमत नभएमा तथा दुई वा दुईभन्दा बढी दलको मिलीजुली सरकार बन्न नसकेमा उपधारा ४ बमोजिम ठूलो दलको सरकार बन्ने व्यवस्था भएकाले सोही प्रक्रिया अनुसार प्रदेश प्रमुखले गुरुङलाई नियुक्त गरेकी थिइन् ।
मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले गत बिहीबार विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । प्रदेश प्रमुख पौडेलले शुक्रबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । उनले आज शनिबारसम्मको समयसीमा तोकेर सरकार गठनका लागि आह्वान गरेसँगै विपक्षी गठबन्धनले बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका थिए ।
प्रदेश प्रमुखले आह्वानसँगै विपक्षी दलका नेता कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।
गण्डकी प्रदेशमा कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका २, जनता समाजवादीका २, स्वतन्त्र सांसद दीपक मनाङेसहितको हस्ताक्षर सहित ३१ बहुमत सदस्यले कांग्रेस नेतृत्वमा सरकार गठनका लागि सहमत भएका हुन् ।
६० सदस्यीय गण्डकी प्रदेश सभाका २७ सांसदले उनलाई विश्वासको मत दिएका थिए । विश्वासको मत लिन ३१ जना सांसदहरूको आवश्यक पर्दछ । गठबन्धन पक्षलाई दीपक मनाङेले साथ नदिएको भए बहुमत पुग्ने अवस्था नहुँदै गर्दा उनको साथले नयाँ सरकार बन्ने भएको छ ।















विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो
कस्ताे रहला आज देशभरकाे मौसम पूर्वानुमान
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया