गण्डकी प्रदेशमा फेरि नयाँ ट्वीष्ट : पृथ्वीसुब्बा गुरुङले पनि गरे सरकारमा दावी
जनमोर्चाको कृष्ण थापाको पत्र र जसपाको महन्थ ठाकुर पक्षको पत्रसहित गुरुङले मुख्यमन्त्रीमा दावी गरेका छन्

काठमाडौं । गण्डकी प्रदेशमा केन्द्रको झै एमालेका पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । प्रदेश प्रमुख सीता पौडेलले शुक्रबार २४ घण्टे अवधि तोकेर आज दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीमा संविधानको धारा १६८(५) अनुसार बहुमतको आधार पुग्ने गरी धारा १६८(२) अनुसारका सदस्यहरुलाई सरकारको नेतृत्व दावी गर्न आह्रवान गरेकी थिइन् ।
त्यसपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेस, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र एक जना स्वतन्त्र सांसदसहित ३१ जनाको हस्ताक्षर बोकेर सबै सांसदको सनाखत गर्ने गरी सशरीर प्रदेश प्रमुख पौडेल कहाँ हिजै साझ ५ बजे दावी पेश गरेका थिए ।
एमालेबाहेक सबैको समर्थन जुटाएर कांग्रेसका ससदीय दलका नेता नेपाली सरकारको दावी गर्न पुगेका थिए । त्यहाँ प्रदेश सरकार गठनका लागि ३१ सांसदको आवश्यकता पर्छ ।
३१ नै सांसद उपस्थित गराएर मुख्यमन्त्रीमा दावी गर्न पुगेका नेपालीसहितको टोलीलाई प्रदेश प्रमुख पौडेलले भोलि मात्र फाइल हेर्छु भन्दै पठाइदिएकी थिइन् ।
अहिले संसदको विश्वासको मत नपाएर पदमुक्त भएका एमाले नेता पृथ्वीसुब्बा गुरुङले पनि समय सकिनै लाग्दा मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । उनीसँग एमालेको २७ जना मात्रै सांसदको साथ थियो । तर, उनले अहिले बहुमतसहित मुख्यमन्त्रीमा दावी पेश गरेपछि गण्डकी प्रदेशको सरकार गठनमा पनि नयाँ ट्वीष्ट आएको हो । जनमोर्चाको कृष्ण थापाको पत्र र जसपाको महन्थ ठाकुर पक्षको पत्रसहित गुरुङले पनि मुख्यमन्त्रीमा दावी गरेका छन् ।
जनमोर्चाका कृष्ण थापा (जसलाई दोहोराएर पार्टीले निष्कासन गरिसकेको छ) प्रदेश प्रमुख कार्यालय पुगेर फर्केका छन् । उनले जनमोर्चाको दलको नेता आफू नै भएको र आफूलाई पार्टीले गरेको कारवाही अवैध रहेको अदालतको पत्र प्रदेश प्रमुखकाहाँ समेत बताइन्छ ।
गण्डकी प्रदेशमा जसपका २ सांसद छन् । उनीहरु दुवै उपेन्द्र बाबुरामसाग नजिक छन् । तर मुख्यमनत्री गुरुङको दावीमा महन्थ पक्षको पत्र समेत बोकेर मुख्यमन्त्री गुरुङ मुख्यमन्त्रीको दावी गर्न पुगेका हुन् ।
केन्द्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार २१ घण्टाभित्र प्रधानमन्त्रीमा दावी पेश गर्न भनेपछि त्यस्तै भएको थियो । कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र, जसपाको उपेन्द्र बाबुराम पक्ष, एमालेकै माधव नेपाल पक्षलाई साथ लिएर १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री दावी गर्न पुगेका थिए ।
तर, देउवाभन्दा अगाडि नै प्रधानमन्त्री ओलीले एमाले र जसपाको गरी १५३ सांसदको समर्थन आफूलाई रहेको भन्दै प्रधानमन्त्रीमा दावी पेश गरेका थिए ।
त्यसपछि राष्ट्रपति भण्डारीले दुवैको आधार नदेखिएको भन्दै कसैलाई पनि प्रधानमन्त्रीमा नियुक्त नगरेपछि राजीनामा पनि नदिएको र संसदमा संविधानको धारा ७६(४) अनुसार विश्वासको मतसमेत लिन नगएका प्रधानमन्त्री ओलीले मध्यरातमा मन्त्रीपरिषद्को बैठक राखेर प्रतिनिधिसभा विघटनको निर्णय लिएका थिए ।
त्यसैलाई भण्डारीले राति नै सदर गरेपछि यो मुद्दा अहिले सर्वाेच्चमा छ । सर्वाेच्चको संवैधानिक इजालसले यसमा असार ९ गतेबाट नियमति सुनुवाइ गर्ने गरी पेशी तोकेको छ ।
ठिक त्यस्तै गण्डकीमा पनि कांग्रेसका नेपाली र एमालेका गुरुङ दुवैको दावी परेपछि अब के होला ? भन्ने प्रश्न उठेको छ ।















विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो
कस्ताे रहला आज देशभरकाे मौसम पूर्वानुमान
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया