प्रधानमन्त्रीलाई मार्ने अभिव्यक्ति दिने सांसद वैद्यमाथि कारबाहीको माग

काठमाडौँ । नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारबाही गर्न माग गरिएको छ । उनलाई कारबाही गर्न माग गर्दै नेकपा एमालेका विभिन्न १५ जनवर्गीय संगठनहरूले गृहमन्त्री खगराज अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्र लिएर मन्त्रालय पुगेका पार्टीका विभिन्न संगठनका प्रतिनिधिले प्रदेश सांसद वैद्यले प्रधानमन्त्रीमाथि धावा बोलेकाले फौजदारी कसुरमा मुद्दा चलाउन आग्रह गरेका छन् । ज्ञापन पत्र बुझ्दै मन्त्री अधिकारीले कानून कार्यान्वयन गर्दा व्यक्तिको ओहोदा नहेरी संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्ने उल्लेख गरे ।
कांग्रेसका तर्फबाट बागमती प्रदेश काठमाडौँ निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित सांसद वैद्यले शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्नु पर्ने बेला आएको बताएका थिए ।
उनले प्रधानमन्त्रीका लागि नाथुराम गोड्से बन्न तयार भएको अभिव्यक्ति दिएका थिए । चौतर्फी आलोचनापछि सांसद वैद्यले आत्मालोचना गर्दै आज बैठकमा माफी मागिसकेका छन् ।
















इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
प्रतिक्रिया