डोटीमा पहिरोले राजमार्ग अवरुद्ध
मेरोन्यूज
२०७८ जेठ ३० गते ११:३४
डोटी । गएरातिदेखिको लगातारको वर्षातका कारण जोरायल गाउँपालिका–१ गैरामा पहिरो आउँदा अत्तरिया दिपायल जोड्ने भीमदत्त राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ ।
सडक माथिबाट आएको पहिराका कारण बिहान ६ः०० बजेदेखि राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी गैराले जनाएको छ । पहिराले राजमार्ग अवरुद्ध भएपछि अहिले तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका दजर्नौं सवारी साधन बीच बाटोमै रोकिएका छन् ।
सडक डिभिजन कार्यालयको डोजरले पहिरो पन्छाउने काम गरिरहेको स्थानीयवासी सोपानसिंह ओलीले जानकारी दिए । जिल्लामा गएरातिदेखि लगातार वर्षात भइरहेको छ भने ठाउँ ठाउँमा पहिरो आएर सडक अवरुद्ध भएको बताइएको छ । रासस
सम्बन्धित














मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
प्रतिक्रिया