नेप्सेले हटायो एओएन

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले व्यापार व्यवस्थापन प्रणालीमा रहेको एओएन फिचर आज आइतबारबाट हटेको छ । एओएन अर्थात कि सबै देउ÷लेउ या एउटै नदेउ÷नलेउ फिचर बन्द भएको स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिएका छन् ।
नेपाल स्टक एक्सचेन्जले राखेको एओएन के हो भन्ने आम लगानीकर्तामा चासो देखिएको छ । नेपाल स्टक एक्सचेन्सले धितोपत्र बोर्डको निर्देशनपछि बन्द गरिएको जनाएको छ । एओएन प्रयोग हँुदा लगानीकर्तालाई सबै बिक्री हुने र नहुने प्रष्ट हुनुका साथै विकल्प पनि हुने पराजुलीले जानकारी दिए ।
उनले भने,“ जसमा लगानीकर्ताले आफूसँग भएको सेयर टुक्राएर खरिद बिक्री गर्न पाउँदैन एकैसाथ सेयर खरिद बिक्री गर्न सक्छन् । तर, यो सुविधाको गलत प्रयोग गरी ठूलो मात्रामा शेयरलाई एओएनमा राखी अन्य लगानीकर्तालाई भ्रममा पारेको गुनासो लगानीकर्ताको रहेको छ ।” यस्ता लगानीकर्ताले ठूलो मात्रामा खरिदका लागि राख्ने र चाप देखाउने गरेको नेप्सेको दाबी छ ।
प्रवत्ता पराजुलीका अनुसार पछिल्ला दिनका एओएनमा कृत्रिम कारोबार भएको गुनासो बढ्न थालेपछि नेप्सेले एओएन नै बन्द गरेको हो । एओएन हटाउँदा कसैलाई पनि हानी नोक्सानी हुँदैन । यो बिक्री अर्थात खरिद दुबैतर्फ लागु हुने भएकाले हानी हुँदैन ।














आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज शुक्रबार, कुन राशिहरूका लागि शुभ ? हेर्नुहोस् राशिफल
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया