पत्रकारलाई मिडिया हेल्प फाउण्डेसनद्वारा स्वास्थ्य सामाग्री वितरण

काठमाडौं । फ्रन्टलाइनमा सक्रिय पत्रकारहरुलाई मिडिया हेल्प फाउण्डेसनले अत्यावश्यक स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
फाउण्डेसनले विभिन्न सञ्चारमाध्यममा सक्रिय ७० जना पत्रकारहरुलाई फेस शिल्ड, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
फाउण्डेसनले पहिलो चरणमा नियमित रिपोर्टिङमा खटिने संवाददाता तथा क्यामेरापर्शनलाई अत्यावश्य स्वास्थ्य सामाग्री वितरण भएको जनाएको छ । फाउण्डेसनका संयोजक नकुल अर्यालले भने ‘पत्रकारका लागि पत्रकार अभियान अन्तर्गत हामीले फिल्डमा खटिने पत्रकारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छौं । फ्रन्टलाइनमा सक्रिय पत्रकारलाई मिडिया हेल्प फाउण्डेसनको सहयोग निरन्तर रहनेछ । ’
फाउण्डेसनले काठमाडौंमा सक्रिय झण्डै ३ सय पत्रकारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउनेछ । स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा उपस्थित पत्रकारहरुले नियिमत रिपोर्टिङमा खटिने पत्रकारलाई सहयोग गरेकोमा फाउण्डेसनलाई धन्यवाद ज्ञापन गरे ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्प चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया