दैनिक ६० मेट्रिक टन अक्सिजन उत्पादन हुने प्लान्ट सुरु, ओलीले गरे उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तरल अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारबाट रुपन्देहीको सिमरहवामा स्थापना गरिएको देशकै पहिलो तरल अक्सिजन प्लान्टको शिलान्यास गरेका हुन् ।
शिलान्यास गर्दै उनले कोरोना भाइरस (कोभिड–१९) महामारीको दोस्रो लहर शुरु भएपछि अक्सिजनको अभाव व्यहोरेको उल्लेख गर्दै प्लान्टको स्थापना असाधारण खुशीको विषय भएको बताए ।
‘दोस्रो लहरले हामीलाई एक्कासी अक्सिजन, सिलिण्डरको अभाव ग्रस्त बनायो, त्यतिबेला हामीले महंगो मूल्य तिरेरै पनि अक्सिजन सिलिण्डर किन्यौँ,’ उनले भने ।
महामारीका समयमा अक्सिजन प्लान्टले नपुग्ने देखिएकाले तरल अक्सिजन प्लान्ट राख्ने निष्कर्षमा सरकार पुगेको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले दोस्रो लहर उचाइमा चढिरहेका बेला तरल अक्सिजन प्लान्ट राख्ने उद्योगी शंकर अग्रवालको प्रयास सराहनीय एवं देशप्रति उत्तरदायी भावनायुक्त भएको बताए ।
उनले कोरोना महामारीबाट अभिभावकविहीन भएका बालबालिकालाई के गर्न सकिन्छ भन्नेमा विचार भइरहेको जानकारी दिए । ‘महामारीले अभिभावक गुमाएका बालबालिकालाई के गर्ने भन्नेबारेमा अध्ययन हुँदैछ र त्यसअनुसार आवश्यक कदम चालिनेछ,’ उनले भने ।
अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न भन्सार छुटलगायतका सहयोग गर्न सरकार तयार रहेको जानकारी पनि उनले दिए ।
रुपन्देहीको सिमरहवामा स्थापित उक्त प्लान्टबाट दैनिक ६० मेट्रिक टन अक्सिजन उत्पादन हुन्छ । त्यसबाट दैनिक ७ हजार ठूला सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ ।
















मतदानस्थालको निरीक्षणसँगै सुरक्षाको व्यवस्थालाई बलियो बनाइँदै
बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो : पोखरा र काठमाडौँ पठाउनुपर्ने बाध्यता अन्त्य
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
प्रतिक्रिया