पार्टीकाे आधिकारिकतासम्बन्धी विवादमा फेरि निर्वाचन आयाेग जान कानून व्यवसायीकाे सुझाव
मेरोन्यूज
२०७८ असार १ गते १८:११

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) काे आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयाेगले निर्णय नदिएपछि अध्यक्षद्वय उपेन्द्र यादव र डा बाबुराम भट्टराईले पार्टी निकट कानून व्यवसायीसँग छलफल गरेका छन् ।
जसपाभित्र विवाद बढ्दै गएपछि यादव र भट्टराई पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरलगायतलाई कारवाही गरी उक्त निर्णय आयाेगमा पठाएका थिए । तर आयाेगले उक्त कारवाहीकाे वैधानिकतामा प्रश्न उठाउँदै दुवै पक्षकाे सहमति भएकाे निर्णयमात्र मान्य हुने पत्र पठाएकाे थियाे ।
पार्टी निकट कानून व्यवसायीले आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालत गए अदालती प्रक्रिया झन लम्बिने भन्दै पुनः आयाेगमै गएर छलफल गर्न सुझाव दिएका थिए । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार बहुमतको आधारमा सिंगो पार्टीको आधिकारिकता दाबी गर्दा सहज हुने उनीहरूकाे सुझाव थियाे ।
सम्बन्धित













दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद
कांग्रेसको आधिकारिकताबारे आयोगले भन्यो– विधि र पद्धतिमा रहेर निर्णय गर्छौं
48 days to go for elections: Functions of returning officer
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया