बाढी पीडितको उद्धार गर्न तरुण दलको निर्देशन
मेरोन्यूज
२०७८ असार २ गते ११:३४

काठमाडौँ । नेपाल तरुण दलले अविरल वर्षासँगै आएको बाढी पहिरोबाट जोगिदै सबैलाई सचेत गराउन निर्देशन दिएको छ । आफू पनि सचेत हुँदै सर्वसाधरणलाई सचेत बनाउन तरुण दलका अध्यक्ष जितजंग बस्नेतले निर्देशन दिएको हो ।
यस्तै, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण दलमा आबद्ध भएका कार्यकर्तालाई आग्रह गरेको तरुण दल केन्द्रीय समिति जनाएको छ ।
विपदका समयमा सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तहलगायत विभिन्न संघ संस्था तथा अन्य भातृसंगठनसँग सहकार्य गर्नसमेत आग्रह गरेको छ ।
केही दिनदेखि परेको वर्षाका कारण सिन्धुपाल्चोक, म्याग्दी, कास्की, दाङ, बाग्लुङ, पाल्पा, मनाङलगायत देशका विभिन्न जिल्लामा धन जनको क्षति पुगेको छ ।

सम्बन्धित
प्रतिक्रिया