बाढी पीडितको उद्धार गर्न तरुण दलको निर्देशन
मेरोन्यूज
२०७८ असार २ गते ११:३४

काठमाडौँ । नेपाल तरुण दलले अविरल वर्षासँगै आएको बाढी पहिरोबाट जोगिदै सबैलाई सचेत गराउन निर्देशन दिएको छ । आफू पनि सचेत हुँदै सर्वसाधरणलाई सचेत बनाउन तरुण दलका अध्यक्ष जितजंग बस्नेतले निर्देशन दिएको हो ।
यस्तै, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण दलमा आबद्ध भएका कार्यकर्तालाई आग्रह गरेको तरुण दल केन्द्रीय समिति जनाएको छ ।
विपदका समयमा सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तहलगायत विभिन्न संघ संस्था तथा अन्य भातृसंगठनसँग सहकार्य गर्नसमेत आग्रह गरेको छ ।
केही दिनदेखि परेको वर्षाका कारण सिन्धुपाल्चोक, म्याग्दी, कास्की, दाङ, बाग्लुङ, पाल्पा, मनाङलगायत देशका विभिन्न जिल्लामा धन जनको क्षति पुगेको छ ।

सम्बन्धित
















डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
Hetauda Cement Industry shut for lack of raw materials
मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
प्रतिक्रिया