विश्वासको मत लिन मुख्यमन्त्री पोखरेलले गराए सूचना दर्ता
मेरोन्यूज
२०७८ असार २ गते १२:५७

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी शुक्रबार विश्वासको मत लिने भएका छन् । उनले विश्वासको मत लिने तयारी गरेका हुन् ।
गत जेठ २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका छन् । उनले असार ४ गते शुक्रबार विश्वासको मत लिने भएका हुन् ।
विश्वासको मत लिनुभन्दा दुई दिनअघि संसदलाई सरकारले जानकारी दिनु पर्ने संवैधानिक व्यवस्था भएकाले संसद सचिवालयमा उनले विश्वासको मतका लागि सूचना दर्ता गराएका छन् ।
पोखरेल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको गठबन्धमा मुख्यमन्त्री बनेका हुन् ।
संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने व्यवस्था रहेको छ ।
सम्बन्धित
















सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकमा विविध कार्यक्रम
डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा विस्तार
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया