धितोपत्रको हस्तक्षेपले नेप्सेमा पहिरो

काठमाडौं । मंंगलबार शेयर बजारमा कम्पनीले अनैतिकता गरेको आरोप धितोपत्रले गरेपछि (आज) बुधबार नेप्सेमा पहिरो गएको छ । धितोपत्र बोर्डले मंगलाबार हस्तक्षेपकारी भुमिका निभाउँदै ५१ कम्पनीको शेयर नकिन्न सर्वसाधारणलाई आग्रह गरेसँगै नेप्से बुधबार ५२ दशमलब ४१ अंकले ओरालो लागेको हो । यो अघिल्लो दिनको तुलनामा १ दशमलब ७३ प्रतिशतले कमी रहेको स्टक एक्सचेञ्जले जनाएको छ ।
मंगलबारको सूचनासँगै लगानीकर्तामा त्राहिमाम भएर शेयर बिक्रिमा उत्रिँदा नेप्सेमा पहिरो लागेर २ हजार ९ सय ६९ दशमलब ६९ बिन्दुमा पुगको हो । बुधबार कारोबार भएका १३ कम्पनी समुहका उपसुचकमा लघुवित्त बाहेक अरु सबैले घाटा व्यहोरेकाले पनि नेप्सेमा ऋणात्मक देखिएको स्टक एक्सचेञ्जको दाबी छ ।
सबैभन्दा बढी निर्जीवन बिमाको मूल्यमा गिरावट आएको छ । विकास बैंक, होटल्स एन्ड टुरिजम्स, हाइड्रो पावर, फाइनान्सको सेयर मूल्यमा पनि भारी गिरावट आएको छ । बुधबार बैंकिङ उपसूचक भने झिनो अंकले घटेको छ ।
कूल २ सय १९ कम्पनीको १ लाख ६७ हजार ९ सय ३८ कारोबारबाट १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३ सय १९ रुपैयाँ बराबरका २ करोड ८२ लाख ८९ हजार १ सय २९ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जको मापनले देखाएको छ ।
प्रतिक्रिया