निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वाेच्चकाे आदेश

काठमाडाैं । सर्वाेच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सो आदेश जारी गरेको हो ।
कोरोना भाइरसको संक्रमणबाट नागरिकलाई बचाउनका लागि सरकारले गरेको निषेधाज्ञाका कारण निर्वाचन सर्दै आएको छ । निषेधाज्ञा निरन्तर रहेकाले समाप्त भइसकेपछि विधानले स्पष्ट अवधि तोकी कार्यकाल चार वर्ष र थप गर्न सकिने अवधि एक वर्ष भनी उल्लेख भएकामा थप गरेको अवधि तथा निषेधाज्ञा जारी हुँदा बचत भएको समयलाई ध्यानमा राखी कार्यसमितिको वैधानिक प्रतिनिधित्व कायम राख्न यथाशीघ्र निर्वाचन प्रक्रिया अघि बढाउन आदेशमा भनिएको छ ।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन मन्त्रिपरिषद्को बैठकले पटकपटक सार्दै आएको छ । निर्वाचन प्रक्रिया ढिलाइ भएकाले यथाशीघ्र गर्न माग गर्दै युनियनले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो । युनियनको निर्वाचनको मिति घोषणा माग निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले सरकारसंँग यथाशीघ्र निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ ।
युनियनका कार्यवाह अध्यक्ष भोलानाथ पोखरेलले आज विज्ञप्ति जारी गर्दै निर्वाचनको मिति घोषणा गर्न माग गरेका हुन् । युनियनका पदाधिकारीको अवधि यही जेठ १९ गते सकिएको थियो । विसं २०७३ जेठ १९ गते भएको युनियनको निर्वाचन चार वर्ष समाप्त भर्ई पुुनः युनियनको विधान २०६९ को दफा (३) अुनसार यही जेठ १९ गतेसम्म एक वर्ष कार्यकाल थपिएको थियो ।
सरकारले गत असोज र मङ्सिरमा निर्वाचनको मिति घोषणा गरे पनि कोभिड–१९ को कारणले सार्दै आइरहेको थियो । पछिल्लो पटक सरकारले भने मिति तोकेको छैन । पोखरेलले समयमा युनियनको निर्वाचन नगर्दा कर्मचारीको पेशागत अधिकार सङ्कुचित हुने बताए ।
















मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
5 terrorists killed in security operation in NW Pakistan
Zelensky expects halt to attacks on Ukrainian cities amid severe cold
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया