बाघको आक्रमणबाट दुई घाइते, प्रतिकारमा बाघको मृत्यु
मेरोन्यूज
२०७८ असार ४ गते १८:१६
कास्की । कास्कीमा बाघको आक्रमणबाट आज दुई जना घाइते भएका छन् । जिल्लाको रुपा गाउँपालिका–७ धारापानी बस्ने ३४ वर्षीय तुलबहादुर गुरुङ र ३२ वर्षीय मीलन गुरुङ बाघको आक्रमबाट घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
तुलबहादुर बिहान आफ्नै बारीमा घाँस काट्न जाँदा अचानक बाघ देखेपछि भाग्ने क्रममा पछाडिबाट चिथोरेर बाघले घाइते बनाएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । यसैगरी स्थानीयवासीले देखेर बाघको प्रतिकार गर्ने क्रममा सोही ठाउँ बस्ने ३२ वर्षीय मीलन गुरुङसमेत टाउकामा चोट लागेर घाइते भएको र दुवैको भिरचोक स्वास्थ्य चौकीमा उपचार गरिएको प्रहरीले जनाएको छ ।
स्थानीयवासीको प्रतिकारका क्रममा बाघको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया