स्काउट शिक्षा मार्फत बालबालिका र युवालाई सक्षम र स्वावलम्बी बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद व्यवस्थापनको क्षेत्रमा स्काउटलाई थप व्यवस्थित र दक्ष बनाउनु पर्नेमा जोड दिएका छन् ।
उनले नेपाल स्काउटको ७०औं स्थापना दिवसको शुभकामना दिंदै स्काउट प्रकोपका समयमा गाउँगाउँमा पहिलो उद्धारकर्ताका रुपमा स्थापित हुनुपर्ने बताएका हुन् ।
उनले स्काउट शिक्षा मार्फत अब हरेक बालबालिका र युवालाई सक्षम, स्वावलम्बी र राष्ट्रप्रेमी बनाई सामाजिक जागरणको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न सक्ने बनाउनुपर्ने उल्लेख गरेका छन् ।
यस्तै देशका हरेक विद्यालय र स्थानीय तहमा स्काउट अभियानको विकास र विस्तार गर्न सरकारले आगामी आर्थिक वर्षभित्र देशका १३ हजार सामुदायिक विद्यालयमा स्काउट इकाई सञ्चालन गर्ने समेत बताएका छन् ।
कोरोना संक्रमणका कारण यो वर्ष स्काउटको स्थापना दिवस घरमै बसेर अनलाइन प्रविधिमार्फत मनाउन पनि उनले सबैलाई आग्रह गरेका छन् ।
विश्वमा सन १९०७ मा नै स्काउटको स्थापना भएपनि नेपालमा भने बिस. २००९ सालमा मात्र स्काउट अभियानको सुरुवात भएको थियो ।










बुधबार २८ सयले बढ्यो सुनको भाउ
सरकारका प्राथमिकताबारे राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री
वाग्मतीमा प्रदेशको पुँजीगत खर्च निराशाजनक
एआई र विद्युतीय गाडीमा साओमीको यस्ताे सफलता
Four houses perish in fire
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया