काठमाडौँ महानगरको नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल

काठमाडौँ । महानगरपालिकाको आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन गरिएको छ । प्रस्तावित नीति तथा कार्यक्रमको अध्ययनका लागि महानगरपालिकाका उपप्रमुखसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले दुई दिनको समय माग गरेपछि शुक्रबारदेखि पुनः सञ्चालन हुनुपर्ने बैठक आइतबारसम्मका लागि स्थगन गरिएको हो ।
बिहीबार नवौँ नगरसभाको पहिलो बैठकमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम प्रस्ताव गरेका थिए । “बिहीबार बैठकमा नेपाली कांग्रेसका तर्फबाट उपप्रमुखलगायत धेरैजसो साथीहरु अनुपस्थित हुनुभयो”, प्रमुख शाक्यले भने, “सबैको उपस्थितिमा छलफल गरेर सर्वसम्मत रुपमा नीति तथा कार्यक्रम पारित गर्ने विगतको परम्पराअनुसार बैठक आइतबारका लागि सारिएको हो ।”
प्रमुख शाक्यले यही असार १० गते बजेट ल्याउनै पर्ने कानूनी बाध्यतालाई समेत ध्यानमा राखेर नेपाली कांग्रेसतर्फका जनप्रतिनिधिसँग आइतबार छलफल गरिने जानकारी दिए । नगरसभामा पेश भएको नीति तथा कार्यक्रमलाई अझ परिपक्व बनाउन उहाँहरुबाट गहकिलो सुझाव आउने अपेक्षा लिएको पनि प्रमुख शाक्यले बताए । “बजेट पेश गर्ने उपप्रमुखले नै हो, मैले त्यो विषयमा पनि उहाँहरुलाई जानकारी गराएको छु, बजेट तर्जुमा समितिको संयोजक नै उपप्रमुख हुने भएकाले त्यो विषयमा उहाँहरु जानकार हुनुहुन्छ भन्ने ठानेको छु”, शाक्यले भने, “हामी १० गते बजेट पेश गर्छौं ।
नीति तथा कार्यक्रममा सय श्ययाको काठमाडौँ महानगर विशेष अस्पताल स्थापना गर्ने, विद्युतीय सवारी करमा शत्प्रतिशत छुट दिने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट÷सहुलियत दिने, महानगरवासीलाई नागरिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक नमूना विद्यालय कार्यक्रम, शहरी स्वास्थ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निःशुल्क सेवा जस्ता महत्वपूर्ण कार्यक्रम प्रस्ताव गरिएको छ । रासस
















पोखरामा भोलिदेखि दोस्रो संस्करणको वाडा अटो शो सुरु हुँदै
वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्छ : गगन थापा
भारतमा सर्वाधिक बिक्री हुने सुजुकी एक्सेस १२५ सीसी स्कुटर अब नेपालमा
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
प्रतिक्रिया