सञ्चारमन्त्री थापासँग इजरायलका राजदुतको भेटवार्ता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटवार्ता नेपाल–इजरायलबीचको सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा केन्द्रीत रहेको थियो ।
भेटमा सञ्चारमन्त्री थापाले राजदुत गोडेरमार्फत ईजरायलका नवनियुक्त प्रधानमन्त्री नफताली बेन्नेटलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वाँस व्यक्त गरिन् ।

नेपालको विविधि क्षेत्रमा इजरायले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै मन्त्री थापाले आगामी दिनमा समेत सहयोग र सहकार्यले निरन्तरता पाउने आशा व्यक्त गरिन् ।
भेटमा राजदूत गोडेरले सञ्चारमन्त्री थापालाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । उनले नेपालको सूचना प्रविधिको क्षेत्रमा इजरायल सहयोग र सहकार्य गर्न इच्छुक रहेको मन्त्री थापालाई जानकारी गराए ।
उनले गतवर्ष नेपाल ईजरायल सम्बन्धले ६० वर्ष पुरा गरेको स्मरण गर्दै आगामी दिनमा यो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वाँस व्यक्त गरे ।

















आयोन र एक्सपिङसहित सीजी मोटर्सकाे पोखरामा मेघा सेल्स तथा एक्सचेन्ज क्याम्प
हेटौंडामा ‘एक्सपेरियन्स टोयोटा’ टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम हुँदै
वार्ता संकेतबीच इरानले हान्याे मिसाइल
अष्ट्रेलियामा मुद्रास्फीति घटेर ३.७ प्रतिशतमा, अपेक्षाभन्दा राम्रो स्थिति
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया