देउवालाई टक्कर दिँदै तीन भाइ !

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नकिँदै गर्दा नेताहरूबीच भेट वार्ता बढ्न थालेको छ । पार्टी शेरबहादुर देउवाले आगामी महाधिवेशनमा आफूले पुनः सभापतिमा उम्मेदवारी दिने बताएसँगै विपक्षी पक्षका नेताहरूले भेट वार्तामा जोड दिएका हुन् ।
यस क्रममा पार्टी उपसभापति विमलेन्द्र निधिले आगामी महाधिवेशनका सभापतिमा दाबेदार दुई नेताहरू महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई बोलाएर वार्ता गरेका छन् । यी तीन भाइको वार्ताले महाधिवेशनमा देउवलाई टक्कर दिने भएका छन् ।
सभापति देउवाले महाधिवेशनको तयारी गर्दै प्रदेश–प्रदेशका आफूनिकटका केन्द्रीय सदस्यसँग छलफल गरिरहेको अवस्थामा निधिले दुई प्रभावशाली नेतालाई आफ्नो निवासमा बोलाएर वार्ता गरेका हुन् ।
महाधिवेशनमा देउवालाई चुनौती दिन सक्ने यी तीन नेताको वार्तालाई पार्टीभित्र अर्थपूर्ण रुपमा हेरिएको छ । गत शनिबार देउवालाई भेटेर सभापतिमा उठ्नेबारे निधिले जानकारी गराएका थिए ।
सभापतिमा पुनः उठ्ने तयारी गरेसँगै देउवालाई साथ दिँदै आएका निधि असन्तुष्ट बन्दै गएका छन् । उनले विपक्षी पक्षसँग छलफल बढाउँदै गर्दा देउवा आफ्नै तयारीमा व्यस्त हुँदै आएका छन् ।
दुई घण्टाभन्दा बढी छलफलमा जुटेको निधि, कोइराला र सिंहले आगामी महाधिवेशनबारे गम्भिर वार्ता गरेका छन् ।
यसका साथै उनीहरूले विपक्षी गठबन्धनबाट देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने सहमति गरेको स्रोतले जनाएको छ ।
















पोखरामा भोलिदेखि दोस्रो संस्करणको वाडा अटो शो सुरु हुँदै
वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्छ : गगन थापा
भारतमा सर्वाधिक बिक्री हुने सुजुकी एक्सेस १२५ सीसी स्कुटर अब नेपालमा
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
प्रतिक्रिया