मन्त्रिपरिषद् पुनर्गठन विरुद्धको रिटमा जबरा र ढुंगानाले सुनुवाइ गर्दै
मेरोन्यूज
२०७८ असार ८ गते ११:५१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।
उक्त सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा पेशी तोकिएको छ । इजलासले अन्तरिम आदेश दिएमा पुनर्गठित मन्त्रिपरिषदका मन्त्रीहरुको पद गुम्नेछ ।
गत जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नुको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो । सर्वोच्च अदालतले रिट निवेदक र विपक्षी दुवैलाई आज छलफलका लागि बोलाएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई विपक्षी भनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सम्बन्धित













माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
निसीखोलामा पुतली नाचको रौनक
यी हुन् एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया