निषेधाज्ञा खुकुलो भएसँगै जनजीवन सामान्य (फोटोफिचर)

काठमाडौँ । कोरोना भाइरस कोभिड १९ को दोस्रो लहर फैलीएसँगै भएको निषेधाज्ञा आजबाट खुकुलो भएपछि जनजीवन सामान्य भएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा गरिएको थियो ।

एक महिनाभन्दा बढी कडा निषेधाज्ञा गरेको उपत्यका प्रशानले पछिल्ला दिनमा खुकुलो गर्दै गएको थियो । कोरोना संक्रमणको संख्यामा कमि आउन थालेपछि आजबाट लागुहुने गरी निषेधाज्ञा खुकुलो गरिएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरेर जनजीवन सहज बनाउन सर्तसहित निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको थियो ।

सपिङ मल, फेन्सी, गरगहना पसल, खेलकुद सामग्री, स्टेसनरी, विद्युतीय उपकरण, निर्माण सामग्री, टायल, मार्बल फर्निचरलगायतका व्यापार/व्यवसाय बारअनुसार खुल्न दिने बैठकले निणय गरेको थियो । यस्तै, चारपांग्रे निजी सवारी र ट्याक्सीलाई जोर–बिजोर एवं सिट संख्या निर्धारण गरेर सञ्चालन गर्न बैठकले अनुमति दिएको थियो ।






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया